

दुई समितिको बैठक बस्दै

काठमाडौँ – संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको दुई समितिको बैठक आज बस्ने भएको छ ।
मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ । उता राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको पनि बैठक बिहान साँढे एघार बजेका लागि डाकिएको छ ।
सिंहदरवार स्थित पूर्वाधार विकास समितिको हलमा बस्ने बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको समस्या र सोको समाधानका उपाएको सम्बन्धमा ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
छलफलमा ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेत सहित स्वतन्त्र ऊर्जा उत्पादक संघका प्रतिनिधिहरू सहभागी हुने छन् । यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

