ललिता निवास प्रकरणमा बोले बाबुराम, ‘निष्पक्ष छानबिन गरी कारबाही गरियोस्’


काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा आफ्नो प्रधानमन्त्रित्वकालमा भएका सबै निर्णयको निष्पक्ष छानविन गरी कारबाही गर्न आग्रह गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले ललितानिवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानविन भए पूर्णरूपले सहयोग गर्ने बताएका छन्। उनले ललितानिवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयमाथि निष्पक्ष छानविन गरी कानूनविपरीत भएको भए जतिसुकै उच्च तहको भए पनि कानूनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्।

उनले आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा पनि सहयोग गरेको भन्दै त्यतिवेला पत्रिकामा प्रकाशित आफ्नो बयानको ‘कटिङ’ समेत संलग्न गरेका छन्।

प्रतिक्रिया