

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गएको शुक्रबार उक्त सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँ तोकिएको थियो ।
तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

