फिफा महिला विश्वकप : आजदेखि नकआउट चरणका खेल


काठमाडौं – फिफा महिला विश्वकप फुटबलमा शनिबार नकआउट चरणका खेल शुरु हुँदैछ, जसअन्तर्गत स्वीट्जरल्याण्ड र स्पेन तथा जापान र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ।

स्वीट्जरल्याण्ड र स्पेनबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ। यस्तै जापान र नर्वेबीचको खेल दिउँसो पौने २ बजे शुरु हुनेछ।

यस्तै नकआउट चरणमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिका, स्वीडेन र अमेरिका, इंग्ल्याण्ड र नाइजेरिया, अस्ट्रेलिया र डेनमार्क, फ्रान्स र मोरक्को तथा कोलम्बिया र जमैकाबीच पनि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया