आफैं उपस्थित भएर प्रधानमन्त्री ओलीले सर्वोच्चमा बुझाए ११ बुँदे लिखित जवाफ (पत्रसहित)


काठमाडौं– अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं उपस्थित भएर सर्वोच्च अदालतलाई ११ बुँदे लिखित जवाफ विहीबार बुझाएका छन्।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका थिए।

संसद विघटनको विरुद्धमा बहस गरिरहेका कानुन व्यवसायीलाई ‘बाजे वकिल’ र ‘तमासा’ भनेको विषयलाई लिएर प्रधानमन्त्रीको आलोचना भएको थियो।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलनामा जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।

हेर्नुहोस् जवाफ

 

प्रतिक्रिया