वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलविरुद्ध उजुरी

आधिकारिक रुपमा राजनीतिक दलसँग सम्बद्ध रहेको भन्दै तत्काल निलम्बनको माग 


काठमाडौं – वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई निलम्बनको माग गर्दै उजुरी परेको छ । डा. पौडेल राजनीतिक पार्टीको संगठित सदस्य र पार्टी सम्बद्ध जनसंगठनमा महासचिव पदमा क्रियाशील रहेको भन्दै वीर अस्पतालका कर्मचारीका तर्फबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री कार्यालय, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्रका साथै स्वास्थ्य मन्त्रालयका सचिवकोमा उजुरी परेको हो ।

डा. पौडेलले २०७९ साल फागुन ५ गते कार्यकारी निर्देशकमा नियुक्ति भए पनि सो भन्दा पछि पनि पार्टीको जनसंगठनको महासचिवको दायित्वसहित पत्र काटेको देखिएको छ । उनले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महासचिवको हिसाबले फागुन २३ गते पत्र काटिएको पत्रमा समेत हस्ताक्षर गरेको भेटिएको छ ।

उजुरीमा उनी राजनीतिक दलको संगठनको आधारिक पदमा रहेकै अवस्थामा वीर अस्पताल जस्तो प्रतिष्ठित सरकारी निकायको कार्यकारी पदमा रहनु कानुनविपरित रहेको भन्दै तत्काल निलम्बनको माग गरिएको छ ।

उजुरी सम्बन्धमा कारबाही अगाडि बढाउँदै निर्वाचन आयोगले पनि नेकपा एमाले पार्टीसँग जवाफ माग गर्दै यही असार २० गते पत्र समेत काटेको थियो ।

एमालेको आधिकारिक वेभसाइटमा उनको नम्बरबाट नाम खोज्दा अहिले पनि (समाचार प्रकाशन) को समयसम्म नाम भेट्न सकिन्छ ।

प्रतिक्रिया