फार्मेसी अधिकृत मृत फेला प्रकरण : प्रशासन प्रमुखसहित ४ जना पक्राउ, छानबिन समिति गठन


काठमाडौं – त्रिवि शिक्षण अस्पतालमा फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको प्रकरणमा चारजना पक्राउ परेका छन् । त्रिवि मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरमा कार्यरत फार्मेसी अधिकृत झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

काठमाडौं प्रहरी परिसरका अनुसार अस्पतालका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त पक्राउ परेका हुन् ।

पोखरेलका परिवारले उनीहरुमाथि आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् ।

टिचिङ अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन
त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ ।

डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिती गठन गरेको हो ।

पोखरेल शुक्रबार विहान मृत भेटिएका थिए । उनका आफन्तले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् भने प्रहरीले प्रशासन प्रमुखसहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया