


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिधेयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसुचीमा राखिएको छ ।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्ने कार्यसुची रहेको छ ।

