मिटरब्याज जाँचबुझ आयोगको म्याद तीन महिना थप्ने सरकारको निर्णय


काठमाडौं – सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप्ने निर्णय गरेको छ।

आज (मङ्गलवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

सरकारले गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारले वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो।

प्रतिक्रिया