लगातार अवरोध रहेको संसद् सूचारू होला त ? तीन दिनदेखीको यस्तो छ एउटै कार्यसूची


काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ । लगातार तीन दिनदेखि प्रतिपक्षी एमालेको अवरोध रहेको थियो । हिजो तीन शीर्ष नेताहरूको संयुक्त बैठकपछि संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको भनिए पनि संसद् चल्ने नचल्ने द्विविधा नै छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार शुक्रवारको बैठकमा तीनवटा बिधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने बिधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन ।

र, आजै सो बिधेयक माथी संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

प्रतिक्रिया