एमालेको प्राथमिकता सत्ता होइन : महासचिव पोखरेल


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको प्राथमिकतामा सत्ता नरहेको बताएका छन् । बलियो राजनीतिक शक्ति निर्माण गरेरमात्रै मुलुक निर्माण गर्न सकिने एमालेको निष्कर्ष रहेको भन्दै उनले सत्ता प्राथमिकता नभएको बताएका हुन् ।

काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने समेत बताए । उनले एमालेले सत्ता प्राप्तिलाई प्राथमिकतामा नराखी शक्ति निर्माणमा जुटेको बताए ।

महासचिव पोखरेलले भने, ‘अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताका आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं । त्यही अभियानको जगमा यतिबेला एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना र संकल्पका साथ अगाडि बढन खोजिरहेको छ ।’

मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढनुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न एमालेले चुनावलगत्तै आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी मिशन ग्रासरुट अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

महासचिव पोखरेलले भने, ‘आज नेपालको राजनीतिमा हेर्नु हुन्छ भने जो कमजोर छ, त्यसले शासनको नेतृत्व गर्ने । के जनताको जनादेश त्यस्तै हो रु आज प्रतिनिधिसभामा हेर्नु हुन्छ भने नेपाली कांग्रेस पहिलो दल छ, एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलका रूपमा रहेको छ । तर सरकारको नेतृत्व कसले गर्दैछ रु तेस्रो दलले गर्दैछ । के का आधारमा गर्दैछ रु बलियो राजनीतिक दल, जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरू बलिया हुन सकेनन् ।’

उनले थपे, कमजोर शक्तिले शासन गर्ने र हरदम सम्झौता गर्ने, नीतिगत सम्झौता गर्ने जुन प्रकारको अवस्था छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ ।’

प्रतिक्रिया