

कोशीकाे मुख्यमन्त्री नियुक्तिविरूद्ध परेकाे रिटमा आइतबार पेशी

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै परेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीको तर्फबाट सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइमा लागि आइतबार पेशी तोकिएको हो ।
रिटमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्लाई विपक्षी बनाइएको छ ।

