झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


झापा – झापामा मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्री वृद्धको उपचारको क्रममा बिहान मृत्यु भएको छ। झापा गाउँपालिका- ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौलाको शनिबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

रिजालका अनुसार शुक्रबार दिउँसो ३ बजेको समयमा झापा गाउँपालिका- ६ शरणामतीस्थित पन्थपाँडा- शरणामति भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०१-०१३ प ८९४१ नम्बरको मोटसाइकलले पैदल यात्री सिटौलालाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएका सिटौलालाई तत्काल उपाचार लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको र उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको डीएसपी रिजालले बताए।

यता मोटरसाइकल चालक झापा गाउँपालिका -५ बस्ने नन्दकिशोर पोदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलबाट लड्दा उनको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया