
समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै
काठमाडौं – समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।
बैठकले मोर्चाका आगामी कार्यक्रमहरू तय गरिने जनाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चामा आबद्ध कतिपय दलहरुबीच पनि एकताको प्रयास भइरहेको बताए ।
मोर्चाको बैठकले जिल्ला र वडा तहसम्मै संयन्त्र गठन गर्ने बताइएको छ । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सार्थक बनाउने बताए ।



कागजपत्र |
