
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैनः अर्थमन्त्री डा. महत
काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नहुने बताएका छन् ।
एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधि सभाको बैठकमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारले तयारी गरेको भन्दै विरोध जनाएपछि अर्थमन्त्री डा. महतले निर्वाचन आयोगको स्वतन्त्रताको पक्षमा आफूहरू रहेको बताए।
उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु। यसका कतै पनि शंका रहने ठाउँ नदिन सरकारको सम्पूर्ण कोसिस रहन्छ। हामीले पार्टीका प्रतिनिधि निर्वाचन आयोगमा गएर पनि प्रतिबद्धता जनाइसकेका छौँ। प्रधानमन्त्रीको कार्यालयमा निर्वाचन आयुक्तसँग र सदनमा पनि स्पष्ट पारेको हुँ।’
उनले जिल्ला निर्वाचन कार्यालय अहिले जस्तै कायम रहने बताए। जिल्ला निर्वाचन कार्यालय स्वतन्त्र अस्तित्वको रहने जिकिर गर्दै प्रशासन कार्यालय मातहत ल्याउने भन्ने विषयमा कुनै सत्यता नभएको प्रष्ट्याए।



कागजपत्र |
