आईसीसी विश्वकप छनोट : नेपालले गुमायो सातौं विकेट


काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्धको खेलमा सातौ विकेट गुमाएको छ ।

सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा दबावमा परेको नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । लगातार विकेट गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी सातौं विकेटका रुपमा मात्र १४ रनमा आउट भएका छन् । ३३.५ ओभरमा भान बिकले उनलाई इडवार्डको हातबाट क्याच गराए । उनी आउट हुँदा नेपालको स्कोर १२३/७ छ ।

यसअघि ३१.५ ओभरमा कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट भएका थिए ।

प्रतिक्रिया