

नेपालमा थप १०४ संक्रमित, १३१ कोरोनामुक्त

काठमाडौं – गत २४ घन्टामा नेपालमा १०४ जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा एक जनाले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ सय ३१ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।
पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख १७ हजार ५० जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा ३५०१ जनाको कोरोना परिक्षण गरीएको जनाइएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा १६०४ रहेका छन् भने ७९ जना क्वारेन्टाइनमा रहेका छन् ।

