बागमती प्रदेशको बजेट पास हुन नदिने प्रतिपक्षी दलकाे तयारी


काठमाडौं । बागमती प्रदेशसभाको बैठक आगामी असार १२ गते (मंगलबार) बस्दैछ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को प्रस्तुत बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

मंगलबारदेखि बजेटमाथिको छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

बागमती प्रदेश सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।

सरकारले बजेटमाथि छलफलको मिति तय गर्दा एमालेसहित तीन प्रतिपक्षी दलले बजेट पास हुन नदिने बताएका छन्।

सरकारले एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाउँदै एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बजेट सदनबाट पास हुन नदिने बताएका छन्।

प्रतिक्रिया