भिडियोमा देखिए गौरव र मुन्नी


काठमाडौं– अभिनेता गौरव पहाडी र कलाकार प्रियाना आचार्य ‘मुन्नी’ अभिनित दशैं तिहार गीत ‘वर्षमा दिन पछि’ को भिडियो सार्वजनिक भएको छ । राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीतमा तयार भएको गीत विनोद र वर्षाना ट्रायम्फ व्याण्डको गीतमा समावेश छ ।

विदेशमा रहेका दाजु र स्वदेशमा रहेका बहिनी र घरपरिवारको प्रेमलाई आकर्षक ढंगले गीतमा प्रस्तुत गरिएको छ । निर्देशक दीपक आचार्य ‘काकु’को निर्देशनमा बनेको गीतको भिडियोमा दशैँ र तिहारको परिवेशलाई कलात्मक शैलीमा देखाइएको छ । गीतमा गोरव र प्रियानाको साथमा कमलमणी नेपाल ‘खुपीका बा’को पनि अभिनय रहेको छ ।

सुरेन्द्र बसेलको कोरियाग्राफी रहेको गीतमा पवन सुस्लिङको छायांकन, चन्दन दत्तको रंग संयोजन तथा सम्पादन छ । भिडियो कोहो प्रोडक्सन नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया