स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ


सर्लाही – स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकाली चोकबाट २ जना पक्राउ परेका छन् ।मलंगवा नगरपालिका ४ बस्ने ३५ वर्षीय विसुन्द्रप्रसाद चौधरी र सोही नगरपालिका २ का ४० वर्षीय नागेन्द्र ठाकुर पक्राउ परेका हुन् ।

उनीहरुलाई १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपैयाँसहित मंगलवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी गोरखकालीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको सोनवर्षाबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एस २०८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया