नेपालले दियो यूएईलाई २७७ रनको लक्ष्य


काठमाडौं – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपका लागि ‘वार्म अप’ खे खेलिरहेका नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित ओल्ड हरारियन्समा टस जितेर ब्याटिङका लागि आएको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर २७६ रनको योगफल खडा गर्‍यो।

प्रतिक्रिया