


प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं – प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।
उनी लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । चिकित्सकका अनुसार सीता दाहाललाई लागेको उक्त रोग पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो ।
यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ ।

