

देशभर थप ११ जनामा कोरोना पुष्टी

काठमाडौं – नेपालमा गत २४ घन्टामा थप ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न प्रयोगशालामा गरेको १८५६ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १९ हजार ४ सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
अहिलेको अवस्थामा देशभर १९ जना सक्रिय संक्रमित रहेका छन् ।

