
अत्यधिक गर्मीका कारण तराईको जनजीवन प्रभावित, रौतहटका सबै विद्यालय बन्द
रौतहट – केही दिनदेखि बढेको गर्मीका कारण तराईको जनजीवन प्रभावित भएको छ। दिनप्रतिदिन गर्मी बढ्दै गएपछि विद्यालय धमाधम बन्द हुन थालेका छन्। गर्मीकै कारण रौतहटका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ।
जिल्ला शिक्षा समन्वयन इकाइ रौतहटले बिहीबार सूचना जारी गर्दै जिल्लाका १६ वटै स्थानीय तहका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्न सिफारिस गरेको हो।
अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एक हप्ता गर्मी बिदाका लागि अनुरोध गरिएको इकाइ प्रमुख रामाविनय कुमार सिंहद्वारा हप्ताक्षरित सूचनामा उल्लेख छ।



कागजपत्र |
