

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
मंगलबार जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटको नेपाल–भारत सिमा नजिक भारतबाट नेपाल आउँदै गरेको पिलभित भारतका २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह लागूऔषधसहित पक्राउ परेका हुन्। १० दशमलव ३६ ग्राम लागुऔषधसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलबार साँझ भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट निम्बुखेडाका २६ वर्षीय मन्दिप पाल र सोहि स्थानका अन्दाजी १९ वर्षीया सृजना भाटलाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
मालबाट शून्य दशमलव शून्य ९ ग्राम लागूऔषध र सृजनाको साथबाट ५ ट्याब्लेट स्पास फेला परेको प्रहरीले जनाएको छ ।

