वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी रहेका छन्।

उनले मासिक एक लाख तलब हुने आश्वासन देखाएर चार जनाबाट १२ लाख रुपैयाँ लिएर फरार भएका थिए। उनले प्रतिव्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने बताएर रकम ठगी गरेर फरार भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनलाई काठमाडौं-९ सिनामंगलबाट पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया