

लुकेको ठाउँ प्रचारका लागि लुकुमसम्म पुगेर थापाले गरे अभिनय

काठमाडौं – अहिले सम्मकै महङगो लगानीमा पन्चेबाजा सहितको एक भिडियो सार्वजनिक भएको छ ।
दर्जनौ गीतमा अभिनय गरेका तुलबिर थापाको चौत्रफी चर्चामा चूलिएका बेला म्याग्दी दाना रुप्से झरनामा पन्चेबाजा मार्फत थापा बजारमा आएका हुन् ।
लय, शब्द वरिष्ठ गायक बिष्णु खत्रीको रहेको छ भने स्वरमा शान्ति श्री परिवार खत्रीलाई साथ दिएकि छिन् भने मोडलको उत्कृष्ट भूमिकामा तुलबिर थापा र ईशु भट्टाराईको अभिनय रहेको छ ।
जापानलाई कर्मथलो बनाएका तुलबिर थापाले नेपाल बसाइमा अभिनय गरेको गीत जताततै चर्चा बटुल्ने क्रममा रहेको छ ।
विशेष गरेर बाग्लुङ, प्युठान, बेनी, म्याग्दी र लुकुम सिमानासम्म पुगेर छायांकन गरिएको थियो । म्याग्दी दाना रुप्से झरनाको निर्देशन १८ वर्षीय विनम्र खत्रीले गरेका छन् ।
खत्रीको यो पहिलो निर्देशित भिडियो हो । तुलविर थापा प्रवासमा कार्यरत भए पनि नेपाली गीत संगीतलाई शिरमा राखेर कार्य गर्दै आएका छन् ।
उनले आफ्नो व्यावसायीक कार्यबाहेको समय गीत, संगीत र समाज सेवामा समर्पण गर्दै आएका छन् । उनी आफै कुसल सर्जक समेत हुन् ।
उनले संख्यामा थोरै गीतमा अभिनय गर्ने तर जिवन्त अभिनय गर्ने उनको प्रशंसनीय कला छ ।
उनले यानी माया, जाउला ढोरपाटन, डाडा काडाको, सोराठी, बर्खामास, आबुखैरेनी, नैमती बाजा, सालैजो, पुर्णिमा रात झलमल (दशैँ गीत), ज्ञानी मायाले पच्चेबाजाले, आधा शरीर, म्यादी दाना रुप्छे झरना, असारे गीत लगायतका धेरै गीतमा अभिनय गरिसकेका छन् ।

