


जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं – जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।
आज (सोमबार) बसेको जसपा संसदीय दलको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको हो ।
उनी वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। मंसिर ४ गतेको निर्वाचनमा उनी सप्तरी २ बाट पराजित भएका थिए।

