

सुख्खा पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

चितवन – सुख्खा पहिरो खसेर मुग्लिन-नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ।
इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो। पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको उनले बताए।

