सरकारले दुई वर्ष भित्र थप पाँच लाख रोजगारी सिर्जना गर्ने


काठमाडौं – सरकारले आगामी दुई वर्षभित्र पाँच लाख थप आन्तरिक रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै राष्‍ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम सञ्‍चालन गर्ने बताएको छ।

संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ।

सरकारको नीति तथा कार्यक्रममा उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशिलता सम्बन्धित संस्था, कोष तथा कार्यक्रमहरूलाई एकीकृत गरिने बताइएको छ।

श्रम बजारको मागअनुसारको सिपयुक्त मानव संसाधन उत्पादनका लागि सरकारी तालिम प्रदायक संस्थाहरूलाई एकीकरण गरी राष्‍ट्रिय प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रतिष्‍ठान स्थापना गरिने उल्लेख गरिएको छ।

प्रतिक्रिया