काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना


काठमाडौं – पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले उपत्यकामा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बादल निर्माण भइरहेकाले केही बेरमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको छ ।

प्रतिक्रिया