ओली–प्रचण्ड वार्ता : कर्णाली विवादमा कुरो मिलेन


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशको विवादका विषयमा मतभेद देखिएको छ ।

मंगलबार विहान बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री ओलीबीच कुरा नमिल्नुको कारण केन्द्रको हस्तक्षेप हुनुपर्ने विषय हो । ओलीले उक्त प्रस्ताव राखेपनि प्रचण्डले भने प्रदेशमा केन्द्रको हस्तक्षेप नभएको राम्रो बताएका थिए ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद सतहमा हुँदै केन्द्रसम्म हल्लाउने बनेको थियो ।

प्रतिक्रिया