
शरणार्थी प्रकरणमा हाइ प्रोफाइल छानबिनमा तानिनु स्वागतयोग्य : बाबुराम भट्टराई
काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरू नै छानबिनमा तानिनु स्वागतयोग्य रहेको बताएका छन्।
उनले कुनै पनि बाहनामा यो प्रकरणलाई फासफुस पार्ने काम नहोस् समेत भनेका छन्। ‘भ्राष्टाचारको क्यान्सरले सम्पूर्ण राज्य संयन्त्र र उच्च नेतृत्वलाई गाँजीरहेको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरू समेतलाई छानबिनमा तान्नु स्वागतयोग्य छ,’ आज ट्वीट गर्दै उनले भनेका छन्।
उनले आशंका गरिएका भ्रष्टाचार काण्डका निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने पनि बताए । ‘अब कुनै पनि वहानामा यसलाई फासफुस पार्ने काम नहोस्। साथै आशंका गरिएका सबै ठूला भ्रष्टाचारकाण्डको निष्पक्ष छानबिन र कारबाही होस्,’ उनले भने ।
भुटानी शरणार्थी प्रकारणमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण आज पक्राउ परेका थिए ।



कागजपत्र |
