असई र सिपाही हत्या प्रकरण : केराउ तस्करको समूह संलग्न अनुसन्धानमा पुष्टि


काठमाडौं– कैलालीको जुगेडा चौकीका इञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विश्वकर्मा र सिपाही रामबहादुर साउद हत्यामा केराउ तस्कर समूहको संलग्नता खुलेको छ ।

हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका १६ जना मध्ये ७ जनाको हत्या गरेको कबोलेको स्रोतले जनाएको छ । यस प्रकरणको बारे केही बेरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गर्दैछ । 

हत्याका क्रममा लाठी, कोदालोको प्रयोग गरेको संलग्न रहेकाहरुले प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया