संवैधानिक परिषद्को बैठक बस्दै


काठमाडौं – संवैधानिक परिषदको बैठक केहिबेरमा बस्दैछ। प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न परिषदको बैठक सिंहदरबारमा बस्न लागेको हो।

यसअघि बसेको परिषदको बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे ठोस निर्णय गर्न सकेको थिएन। अहिले सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। यस्तै प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान एवं रक्षा तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री पूर्णबहादुर खड्का र उपसभामुख इन्दीरा राणामगर सदस्यका रूपमा रहेका छन्।

प्रतिक्रिया