महानगरले अव्यवस्थित तार आजदेखि हटाउँदै


काठमाडौं – काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काटने कार्यको आजदेखि सुरु गरिदैँछ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने  सहमति  दूरसञ्चार प्राधिकरणले जानकारी दिएकाे छ ।

 

प्रतिक्रिया