

बालुवाटार सत्ता गठबन्धनको बैठक जारी, अधिवक्ताहरु पनि सहभागी

काठमाडौं – सत्ता गठबन्धनको बैठक बालुवाटारमा बैठक बसिरहेको छ। बैठक केहीबेर अघि सुरू भएको हो ।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ।
गठबन्धन दलहरू जेठ १५ गते बजेट आउनुअघि सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको प्राथमिकताबारे छलफलमा केन्द्रित छन्।
यस्तै, बैठकमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्तापछिको परिस्थिति, भोलिबाट सुरू हुने बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने बताइन्छ।
प्रधानमन्त्री सरकारी निवासमा जारी बैठकमा अधिवक्ताहरु पनि सहभागी रहेका छन् । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको बारेमा पनि छलफल हुने बताइन्छ । सो प्रकरणको फाइफ खुलेपछि सत्ता गठबन्धनकै शीर्ष नेतादेखि एमाले सचिव टोपबहादुर रायमाझीसहित हाइ प्रोफाइलको नाम मुछिएको छ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।

