भँगेराको कथा सुनाउँदै झलनाथले भने– मिस्टर केपी ओली खुट्टी हेर्दै पत्याइयो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन्।

बुधबार राजधानीमा भएको विरोध सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री ओलीले नारायणहिटी दरबार संग्राहलयअघि भाषण गर्दै दुई तिहाई ल्याउने दम्भ गरेको चित्रण गर्दै खनालले भँगेराको कथा पनि सुनाए।

बाँसको टुप्पोमा बसेको भँगेराको बच्चोले बाँसै नुहाएँ भनेर आमालाई भनेको र उसकी आमाले तिम्रो खुट्टी हेर्दै थाहा पाइयो भन्ने प्रसङलाई ओलीको दाबीसँग तुलना गरेका खनालले भने,‘मिस्टर केपी ओली तपाईको खुट्टी हेर्दै थाहा पाइयो।’

उनले नेकपाको आधिकारिकताको विषयमा कुनै दुविधामा नपर्न अपिल गरेका खनालले निर्वाचन आयोगका आयुक्तलाई पनि सम्बोधन गर्दै आधिकारिकता हेर्न प्रदर्शनी मार्गमा आउन अपिल गरेका थिए।

उनले अहिलेको आन्दोलन नेकपाको दुई गुटको नभएर प्रतिगमनविरोधी आन्दोलन भएको बताए। ओलीको आलोचनामा समय खर्च गरेका उनले भने,‘अब ओलीलाई कम्युनिस्ट र विज्ञानसँग विश्वास छैन, उनलाई त धर्मसँग विश्वास भयो। पशुपतिमा संकल्प पूजा गर्ने ठाउँमा पुगिसके।’

प्रतिक्रिया