प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरबीच भेट भएको हो ।

नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता बाक्लिएको छ ।

ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका छन् ।

दुई दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया