

शरणार्थीको नाममा ठगी गर्ने गिरोहमाथि एक्सन लिने सरकारी कदमको रास्वपाद्वारा स्वागत

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमाथि एक्सन लिने सरकारी कदमको स्वागत गरेको छ ।
पार्टीका सभापति रवि लामिछानेले सरकारी कदमको स्वागत गरेका हुन् । शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सरकारको यो कदम सकारात्मक भएपनि कारबाही प्रक्रिया कसरी अघि बढ्छ भनेर हेर्न बाँकी रहेको बताए ।
यो प्रकरणमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ भने वारेन्ट जारी भएका केहीलाई पक्राउ गर्न बाँकी रहेको छ । यस्तै एमाले सचिव टोपबहादुर रायमाझी कसरी एकाएक गायब भए भन्नेबारे रविले पत्रकार सम्मेलनमा प्रश्न उठाए ।
यसले गम्भीर आशंका जन्मिएको भन्दै लामिछालेले तर, सरकारले गरेको राम्रो कामको पार्टीले सधैँ स्वागत गर्ने बताए ।

