

संखुवासभामा हेलिकोप्टर दुर्घटना

काठमाडौं – संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ ।
माथिल्लो अरुणको सामान लिएर गएको सिम्रिक एयरको हेलि दुर्घटनामा परेको बताइएको छ ।
संखुवासभाको भोटखोला वडा नंं ४ मा अपर अरुणको सामान ढुवानीको क्रममा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको जनाइएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार हेलिकप्टर दुर्घटनामा परेको खबर प्रहरी-प्रशासनलाई प्राप्त भएको छ । उनले त्यसतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए ।
‘स्थानीयले हामीलाई खबर गरेका छन् । प्रहरी त्यसतर्फ पठाएका छौं । विस्तृत विवरण केहीबेरमा आउला ।’

