महाधिवेशबाट नेतृत्वमा पुस्तान्तरण गर्न सकिएनः गुरूराज घिमिरे


काठमाडौं — नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले महाधिवेशनमा पार्टीको नेतृत्वमा पुस्तान्तरण गर्न नसकिएको बताए । राजधानीमा आयोजित एक कार्यक्रममा नेता घिमिरिले पार्टीमा पुस्तान्तरण र रूपान्तरणका लागि शेरबहादुर देउवालाई सभापतिबाट हटाउन खोज्दा नसकिएको बताएका हुन् ।

कांग्रेस रूपान्तरणका लागि विशेष युवा भेलालाई सम्बोधन गर्दै उनले भने पार्टीको अधिवेशनमा केही हदसम्म आफूहरू सफल भएको बताए।

उनले भने, ‘त्यही पुस्तामा होइन अर्कालाई हस्तान्तरण गर्ने होइन। अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर लागेको थियौँ। त्यसको प्रयास हामीले गर्‍यौँ। हामीले पुस्तान्तरणको लागि भनेर शेरबहादुरदाइलाई हटाउन खोजेकै हो। हामीले सकेनौँ। हाम्रो कोसिस आंशिक रूपमा सफल भयो। शेखर दाइलाई सभापति बनाउन सकेनौँ। उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा बनायौँ। हाम्रो साथ सहयोगले विश्वप्रकाश शर्मा पनि जित्नुभयो।’

उनले अहिले कांग्रेस नीति विहीनतामा डेढ वर्ष चलिरहेको दाबी गरे।

उक्त भेलामा नेपाली कांग्रेसका सांसद बद्री पाण्डे, भूपेन्द्रजंग शाहीलगायतका नेताहरुको पनि सहभागिता रहेका थियो ।

प्रतिक्रिया