
रोकिएको खेल सुरु, गुल्सनले दिलाए नेपाललाई छैटौं सफलता
काठमाडौं – वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएसँगै नेपालले अर्को सफलता हात पारेको छ ।
नेपालका लागि गुल्सन झाले विकेट लिँदै नेपाललाई छैटौं सफलता दिलाएका हुन् ।
त्यसअघि नेपालले करण केसीको २ विकेट र ललितनारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेको ११ विकेटसँगै युएईले ६० रनमा ५ विकेट गुमाएको थियो ।
अहिले युएई २४ ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाउँदै खेलिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा १६ औँ ओभर सकिँदा रोकिएको खेल पुनः सुरु भएको थियो ।



कागजपत्र |
