एसिसी प्रिमियर कपः नेपालले पहिले ब्याटिङ गर्दै


काठमाडौं – एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले ९ बजेबाट नेपाल र कुवेतबीच सेमिफाइनल खेल हुँदैछ।

घरेलु टोली नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए। नेपाल अपराजित छ भने कुवेतले पहिलो खेल युएईसँग गुमाएको थियो।

नेपालले कुवेत विरुद्धको सेमिफाइनल खेलमा गुलसन झालाई बेन्चमा राखेर करण केसीलाई स्थान दिएको छ।

 

प्रतिक्रिया