एसीसी प्रिमियर कपः आज सेमिफाइनलमा नेपाल र कुवेत भिड्दै


काठमाडौं — नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतसँग खेल्दैछ ।

खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ ।

कुवेत पनि सोहि लक्ष्यमा हुनेछ । कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो ।

कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।

प्रतिक्रिया