लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त


बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

दाङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यमा निर्वाचित उनले कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले ११ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेशप्रमुख शेरचनले बहुमतसहितको नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै चौधरी मुख्यमन्त्री नियुक्त भएका हुन्

प्रतिक्रिया