सांसद हुसेनले छोडिन् ओली समूह, प्रचण्ड-माधव समूहमा के भनिन् यस्ताे!


काठमाडौं – प्रतिनिधिसभा सदस्य तथा नेतृ समिना हुसेनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेकाे नेकपा छोडेर प्रचण्ड र माधव नेपाल नेतृत्व रहेकाे नेकपामा लागेकी छिन् । रौतहटकी हुसेन यसअघि ओली समूहको कार्यक्रमहरुमा सहभागी भएकी थिइन् ।

हुसेनले मंगलबार अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग भेट गरेकी छिन् । नेताहरुसँगको भेटपछि हुसेनले आफू प्रगितमन विरुद्धको आन्दोलनमा सक्रिय हुने बताइन् । हुसेनले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओली गुटले विभिन्न भ्रम सृजना गरेर आफ्नो समूहको कार्यक्रममा सहभागी गराएको पनि उल्लेख गरेकी छिन् ।

भनेकी छिन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संबैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन जस्तो प्रतिगमनकारी कदम चलाए पछि सिङ्गो राष्ट्र, संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको छ । केपी ओलीगुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन् ।’

उनले प्रतिगमन विरुद्धको आन्दोलनमा उभिन अपिल समेत गरेकी छिन् । म सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय, मधेसी समुदाय, महिला र विशेष गरी प्रदेश नं २ र रौतहटबासी सम्पूर्ण श्रमजीवि जनताहरुमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै ओलीको असंबैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया