

चितवन-२ मा रविले बढाए मतान्तर, १५ सय २० मतले पछि परे न्यौपाने

चितवन – चितवन २ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् ।
इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५सय २० मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत पाउँदा उनका निकततम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २०८२ मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १४९४ मत प्राप्त गदै तेस्रो भएका छन् ।

