सन्दीपको कीर्तिमानी विकेट, सबैभन्दा छिटो सय विकेट लिने बलर बने सन्दीप


काठमाडौं – नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् ।

अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै उनले १०० विकेटको कोसेढुंगा पार गरेका हुन् ।

रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा सय विकेट लिएका छन् ।

नेपाल र ओमान दुवै ओडीआई राष्ट्र भएकाले आजको खेल एकदिवसीय मान्यता प्राप्त छ । नेपालले यसअघि मलेसियाविरुद्ध खेलेको म्याचमा सन्दीपले ३ विकेट लिए पनि त्यसको त्यो एक दिवसीय खेलको मान्यता प्राप्त नभएकाले त्यसको गणना भएन ।

प्रतिक्रिया