


कुशल मल्लले हाने महत्वपूर्ण अर्धशतक

काठमाडौ – एसीसी प्रिमियर कपको ओमानविरुद्धको खेलमा नेपालका कुशल मल्लले अर्धशतक हानेका छन् ।
चार विकेट गुमाइसकेको अवस्थामा मैदान प्रवेश गरेका मल्लले चौका हान्दै ३० बलमा अर्धशतक पूरा गरेका हुन् ।
अहिले नेपाल २९.२ ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएर खेलिरहेको छ । नेपालका लागि अहिले मल्ल र आरिफ शेख मिलेर इनिङ अगाडि बढाइरहेका छन् ।

